गुल्मीको मदाने गाउँपालिका ०१ मा खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

नयाँ बर्ष २०८० को अबसरमा गुल्मीको मदाने गाउँपालिका ०१, अग्लुङ्ग निपानेमा खेलकुद तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
“अनेकतामा एकता सरगमको सान ,मौलिक लोक सस्कृतीलाई जोगाउने हाम्रो पहिचान“ भन्ने मुल नाराका साथ सरगम सन्जाल युबा क्लबको बार्हौ बार्षिकउत्सब तथा खेलकुद भएको हो ।
चैत्र २९ गते बाट सुरु भएको कार्यक्रम बैशाख ०१ गते समापन गरिएको खेलकुद संयोजक सालिकराम राउतले बताए ।
नब बर्ष २०८० को अबसर पारेर चैत्र २९ र ३० गते अग्लुङ्गको साबिक वडा स्थरिय भलिबल खेल राखिएको हो भने बैशाख ०१ गते भलिबल फाइनल, नृत्य प्रतियोगिता साथै विविध कार्यक्रम राखिएको थियो ।
भलिबल प्रतियोगितामा मदाने भलिबल टिम “ए“ झ्यानपानी प्रथम बनेको छ । न्यु प्रगतिशिल युबा क्लब पैयापाटा द्धितिय बनेको छ भने मदाने भलिबल क्लब अग्लुङ्ग तृतिय बनेको हो । भलिबल तर्फ प्रथम हुनेले नगद पन्ध्र हजार , दोस्रोले दस हजार र तेस्रो हुलेले सात हजारे पुरुकार प्रात्त गरेका थिय ।
त्यस्तै लोक नृत्य तर्फ पहिलो हुनेले चार हजार ,दोस्रो तीन हजार र तेस्रो दुई हजार रहेको थियो । प्रतियोगितामा ०६ समुह सहभागी रहेका थिए जसमा द सनराईज युबा क्लब ओख्लेदहको समूह पहिलो बनेको थियो । सरगम सन्जाल युबा क्लबले दोस्रो स्थान भने कल्पना र पुर्णिमा राउतको समुहले तेस्रो स्थान हात पारेको क्लबका सस्थापक अध्यक्ष लोकेन्द्र कुवरले बताए ।
त्यस्तै कार्यक्रममा अन्य प्रतियोगिता र साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक अनिल खत्री , बिनोद बिष्ट , अनुप खनाल र सुनिल कुवर सहित स्थानीय कलाकारले गित गाएका थिए ।
कार्यक्रम मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवरको प्रमुख आथिथ्यतामा सम्पन्न भएको होे । यस्तै गाउँपालिका उपाध्यक्ष सरिता खड्का चन्द ,अग्लुङ्ग वडा अध्यक्ष सुशील चन्द लगाएत विभिन्न राजनीति दलका नेताले मनतव्य व्यत्त गरेका थिय ।

पाल्पाली संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा महोत्सव गर्ने
काठमाडौँ, ५ वैशाख विभिन्न जिल्लाबाट काठमाडौँ आई बसोवास गर्दै आएकाहरुको संभवतः सबैभन्दा पुरानो संस्थाको रुपमा रहेको पाल्पाली संगमले स्थापना दिवसको

८४ पुजाको खर्च कटाएर विद्यालयलाइ दान
पाल्पाको रैनादेबि छहरा गाउँपालिका ७ बेलबासका ८४ बर्ष ओत बहादुर सिंजाली र ८३ बर्षिय मुनु सिंजालीले ८४ औँ पुजाको अबसरमा मनकामना प्राथामिक विद्यालय

अनुमति नलिई तथ्यांक लिन नपाइने, प्रमाणित नगरी प्रकाशन गरे जरिवाना सहित कैद हुने
तस्बिर श्रोत :गगुल काठमाडौं -सरकारले तथ्यांक संकलन र प्रकाशनलाई कडाइ गर्ने गरी नयाँ कानून ल्याउने तयारी






प्रतिकृया दिनुहोस