मुझुङ्गको ऐतिहासिक सरायँ नाच, तथा कालिका पूर्णिमा मेलाको सांस्कृतिक कार्यक्रम सम्पन्न

SITENAME

 

भुवन रायमाझी

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गमा ऐतिहासिक तथा परम्परागत सरायँ नाचसँगै मुझुङ्ग कालिका पूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष विजयादशमीको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना हुँदै आएको सरायँ नाचले यस क्षेत्रको धार्मिक आस्था, ऐतिहासिक महत्त्व, मौलिक कला, संस्कृति र पहिचानलाई जीवन्त बनाउँदै आएको छ। यस वर्ष पनि मुझुङ्गस्थित कालिका मन्दिरबाट बाजागाजासहित सरायँ नाच निकालिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित संघीय सांसद डा. माधव थापाले कालिका मन्दिर र सरायँ नाचको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै यस्ता मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताउनुभयो। उहाँले पुस्तौँदेखि चल्दै आएका धार्मिक तथा सांस्कृतिक सम्पदाले समाजको पहिचान र एकतालाई बलियो बनाउने भएकाले यसको निरन्तरता आवश्यक रहेको धारणा राख्नुभयो।

सरायँ नाचको अवलोकन गर्न पुग्नुभएका रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले सरायँ नाच गाउँपालिकाको गौरव र पहिचानसँग जोडिएको परम्परा भएको बताउँदै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले सरायँ नाचको महत्त्वलाई ध्यानमा राखेर गाउँपालिकाले कोजाग्रत पूर्णिमाका दिन स्थानीय बिदासमेत दिएको जानकारी दिनुभयो।

त्यस्तै, रैनादेवी छहरा गाउँपालिका–५ का वडाध्यक्ष हुमानसिं कार्कीले सरायँ नाचको संरक्षण र निरन्तरताका लागि वडा कार्यालय तथा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्थानीय परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।

पश्चिम क्षेत्रकै धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको कालिका मन्दिरमा दसैँको अवसरमा हजारौँ श्रद्धालु भक्तजन आउने गरेको कालिका युवा क्लबका अध्यक्ष अम्बरबहादुर कार्कीले बताउनुभयो। उहाँले मन्दिरको संरक्षण, सरसफाइ र प्रचारप्रसारमा मन्दिर व्यवस्थापन समिति तथा स्थानीय नागरिकले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो।

धार्मिक आस्था, ऐतिहासिक विरासत र मौलिक संस्कृतिको सङ्गमका रूपमा रहेको मुझुङ्ग कालिका मन्दिरको सरायँ नाच तथा पूर्णिमा मेलाले स्थानीय कला संस्कृतिको संरक्षणसँगै यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सरायँ नाच हेर्न पाल्पाका रिब्दीकोट र रैनादेवी छहरालगायत छिमेकी जिल्ला अर्घाखाँचीबाट समेत हजारौँको सङ्ख्यामा दर्शक तथा श्रद्धालु सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन चन्द्रमणि पौडेल र नरेन्द्र थापाले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

भुवनपोखरीमा अटो दुर्घटना चालकसहित ६ जना घाइते, एकको अवस्था गम्भीर

  भुवन रायमाझी पाल्पा रैनादेवीछहरा गाउँपालिका ३, बल्घा स्थित भित्री कच्ची सडक खण्डमा लुप्र ०१००१ ह २४४४ नम्बरको अटो दुर्घटना हुँदा चालकसहित ६ जना

SITENAME

रैनादेवी छहरा ७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको सराय नाच पुनः सञ्चालन हुने 

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको दसैँको पञ्चमीमा लाग्ने परम्परागत

SITENAME

रिब्दीकोटको ठिमुरेमा पूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, विकास र संस्कृति संरक्षणमा जोड

  भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल घुस्तुङ्गको पाँकरीकोल खेल मैदानमा बडादशैं तथा

↑