रैनादेवी छहरा ७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको सराय नाच पुनः सञ्चालन हुने 

SITENAME

 

भुवन रायमाझी

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको दसैँको पञ्चमीमा लाग्ने परम्परागत सराय नाच पुनः सञ्चालन हुने भएको छ।सामाजिक ब्याक्ती तथा युवा समाजसेवी झपिन्द्र रायमाझीको बिषेस पहलमा  बल्ढेङ्गगढी रुपन्देही सम्पर्क समाजको  ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सराय नाचलाई पुनः सञ्चालन गर्न लागिएको हो।स्थानीय कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले समाजले यो पहल गरेको जनाएको छ।बल्ढेङ्गगढी क्षेत्रको मौलिक पहिचानसँग जोडिएको सराय नाच मनोरञ्जनको माध्यम मात्र नभई पुर्खादेखि चलिआएको धार्मिक तथा सांस्कृतिक सम्पदा समेत हो। लामो समयदेखि रोकिएको यो परम्परा पुनः सञ्चालन हुने भएपछि स्थानीयवासी तथा संस्कृतिप्रेमीहरूमा उत्साह थपिने अपेक्षा गरिएको छ।सराय नाच पुनः सञ्चालनमा आउँदा नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न तथा बल्ढेङ्गगढीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई उजागर गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।स्थानीय समुदायको सहकार्य र सहभागितामा यस परम्परालाई निरन्तरता दिन सके भावी पुस्ताका लागि समेत महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षण हुने देखिन्छ।वर्षौँदेखि रोकिएको परम्परा फेरि ब्युँतिने भएपछि बल्ढेङ्गगढीको संस्कृति, पहिचान र गौरवलाई पुनः जीवन्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

मुझुङ्गको ऐतिहासिक सरायँ नाच, तथा कालिका पूर्णिमा मेलाको सांस्कृतिक कार्यक्रम सम्पन्न

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गमा ऐतिहासिक तथा परम्परागत सरायँ नाचसँगै मुझुङ्ग कालिका पूर्णिमा मेला तथा

SITENAME

भुवनपोखरीमा अटो दुर्घटना चालकसहित ६ जना घाइते, एकको अवस्था गम्भीर

  भुवन रायमाझी पाल्पा रैनादेवीछहरा गाउँपालिका ३, बल्घा स्थित भित्री कच्ची सडक खण्डमा लुप्र ०१००१ ह २४४४ नम्बरको अटो दुर्घटना हुँदा चालकसहित ६ जना

SITENAME

रिब्दीकोटको ठिमुरेमा पूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, विकास र संस्कृति संरक्षणमा जोड

  भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल घुस्तुङ्गको पाँकरीकोल खेल मैदानमा बडादशैं तथा

↑