रिब्दीकोटको ठिमुरेमा पूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, विकास र संस्कृति संरक्षणमा जोड

SITENAME

 

भुवन रायमाझी


पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल घुस्तुङ्गको पाँकरीकोल खेल मैदानमा बडादशैं तथा कोजाग्रत पूर्णिमाको अवसरमा  दशैं पूर्णिमा मेला तथा वृहत् सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ।सुन्दर घुस्तुङ्ग समृद्धिको आधार, पर्यटन विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ कालिका मन्दिर व्यवस्थापन समिति, रिब्दीकोट –६, ठिमुरेको आयोजना  तथा वडा नं। ६ को समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संघीय सांसद डा माधव थापाले यस क्षेत्रको भौगोलिक सौन्दर्य र पर्यटन प्रवर्द्धनमा जोड दिँदै समग्र विकासका लागि तीनै तहका सरकार र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले हिमाल, पहाड र तराईको दृश्य एकै स्थानबाट अवलोकन गर्न सकिने घुस्तुङ्ग क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आफू सधैँ प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले स्थानीय तहले सांस्कृतिक पर्वहरूको संरक्षण, पर्यटन पूर्वाधार निर्माण तथा मौलिक कला र संस्कृतिको जगेर्नालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

मेलामा नेपालका चर्चित लोक तथा दोहोरी गायक पुष्कल शर्मा, गायिका ऋतु थापामगर, तुलसा गाहा तथा गायक एवं उद्घोषक रूपेश कार्कीलगायत स्थानीय कलाकारहरूले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै, ऐतिहासिक सरायँ नाच, स्थानीय पञ्चेबाजा, पूजाआजा तथा विभिन्न कला केन्द्रका प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।कार्यक्रममा नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूले समेत विशेष सांस्कृतिक प्रस्तुति दिएका थिए। स्थानीय कलाकारहरूको प्रस्तुतिले मेलामा सहभागी दर्शक तथा भक्तजनलाई मनोरञ्जन प्रदान गरेको थियो।कार्यक्रममा वडा अध्यक्ष प्रकाश रायमाझीको विशेष सहयोग रहेको कार्यक्रमको सञ्चालन नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक ढालबहादुर उचैले गर्नुभएको थियो।स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै घुस्तुङ्ग क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको कार्यक्रम संयोजक बुद्धबल खाम्चाले जानकारी दिनुभयो।

 

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यका दृष्टिले महत्त्वपूर्ण मानिने घुस्तुङ्ग क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ। मेलाले रिब्दीकोट सहित समग्र ठिमुरेको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

मुझुङ्गको ऐतिहासिक सरायँ नाच, तथा कालिका पूर्णिमा मेलाको सांस्कृतिक कार्यक्रम सम्पन्न

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गमा ऐतिहासिक तथा परम्परागत सरायँ नाचसँगै मुझुङ्ग कालिका पूर्णिमा मेला तथा

SITENAME

भुवनपोखरीमा अटो दुर्घटना चालकसहित ६ जना घाइते, एकको अवस्था गम्भीर

  भुवन रायमाझी पाल्पा रैनादेवीछहरा गाउँपालिका ३, बल्घा स्थित भित्री कच्ची सडक खण्डमा लुप्र ०१००१ ह २४४४ नम्बरको अटो दुर्घटना हुँदा चालकसहित ६ जना

SITENAME

रैनादेवी छहरा ७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको सराय नाच पुनः सञ्चालन हुने 

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको दसैँको पञ्चमीमा लाग्ने परम्परागत

↑