रैनादेवी छहराको सुपादेउराली मन्दिर उद्घाटन, सयौँ दाता सम्मानित

भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, महिपोखरामा निर्माण गरिएको सुपादेउराली मन्दिरको औपचारिक उद्घाटन गरिएको छ। विजयादशमीको अवसर पारेर आयोजित विशेष कार्यक्रममा मन्दिर निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग पुर्याउने दाताहरूलाई सम्मानसमेत गरिएको छ।मन्दिर निर्माणमा नगद तथा जिन्सी सहयोग गर्ने, खानेपानीको व्यवस्था तथा पानी ट्याङ्की निर्माण गर्ने, प्रतीक्षालय र मूल प्रवेशद्वार निर्माण गरिदिने तथा देवी र बाघका मूर्ति उपलब्ध गराउने सहयोगी दाताहरूलाई भजनकीर्तन र पञ्चेबाजासहित सम्मान गरिएको हो। मन्दिर निर्माणमा योगदान पुर्याउने सयौँ दाता तथा धार्मिक अगुवाहरूलाई टीका, माला, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नलबहादुर रानाका अनुसार स्थानीयवासी, समाजसेवी तथा विभिन्न सहयोगी व्यक्तिहरूको योगदानबाट मन्दिर निर्माण कार्य सम्पन्न भएको हुदा धार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुँदै गएको सुपादेउराली मन्दिरलाई व्यवस्थित बनाउँदै यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्व बढाउने उद्देश्यले मन्दिर निर्माण गरिएको बताउनुभयो।
मन्दिरको उद्घाटन गर्दै रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले सुपादेउराली मन्दिर निर्माणका लागि स्थानीय सरकारले १० लाख रुपैयाँभन्दा बढी रकम लगानी गरेको जानकारी दिदै गाउँपालिकाभित्र रहेका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, विकास र प्रवर्द्धनमा स्थानीय सरकारले प्राथमिकता दिने बताउनुभयो।अध्यक्ष भट्टराईले रैनादेवी छहराभित्र रहेका धार्मिक सम्पदाहरूको उचित व्यवस्थापन, पूर्वाधार विकास र प्रचारप्रसारमार्फत गाउँपालिकालाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। धार्मिक स्थलहरूको विकासले स्थानीय पहिचान स्थापित गर्नुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी तथा पुर्व डीआईजी राम कार्कीले सुपादेउराली मन्दिरको धार्मिक महिमा र ऐतिहासिक महत्त्वलाई व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिदै महिपोखरास्थित यस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवाला सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो।उहाँले मन्दिरको धार्मिक महत्त्वलाई देशभर चिनाउन सके आन्तरिक पर्यटकको आगमन बढ्ने र यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने भन्दै मन्दिरको प्रचारप्रसार, संरक्षण र व्यवस्थापनका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गीता भट्टराईले मन्दिर निर्माण तथा व्यवस्थापनका लागि हालसम्म भएको आम्दानी र खर्चको विवरण सार्वजनिक समेत गर्नु भयो थियो ।उहाँका अनुसार मन्दिरका लागि हालसम्म आठ लाख २६ हजार रुपैयाँ आम्दानी रकममध्ये विभिन्न शीर्षकमा सात लाख २८ हजार रुपैयाँ खर्च भएको र ९८ हजार रुपैयाँ मन्दिरको कोषमा रहेको जानकारी दिनुभयो।जङ्गलको बीचमा अवस्थित यस मन्दिरलाई धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्दै आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मन्दिर निर्माण सम्पन्न भएसँगै पूजाआजा, दर्शन तथा धार्मिक गतिविधिका लागि आउने श्रद्धालुहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ।सुपादेउराली मन्दिरको धार्मिक महिमा र महत्त्वलाई व्यापक रूपमा प्रचारप्रसार गर्न सके रैनादेवी छहराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास समितिले लिएको छ। मन्दिरको विकाससँगै महिपोखरा क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउने र स्थानीय स्तरमा पर्यटनसम्बन्धी गतिविधि बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप पौडेल, जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरे, पूर्वगाउँ विकास समिति अध्यक्ष तथा समाजसेवी देवीप्रसाद पौडेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक व्यक्तित्व, धार्मिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष टेकराज पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने महाकाली माध्यमिक विद्यालयका शिक्षक चन्द्रमणि पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।कार्यक्रममा गोपाल सिद्ध भजन समूह, दागिल भजन समूह तथा शिवालय पञ्चेबाजाका टोलीले भजनकीर्तन र पञ्चेबाजामार्फत सहभागी भक्तजन तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

मुझुङ्गको ऐतिहासिक सरायँ नाच, तथा कालिका पूर्णिमा मेलाको सांस्कृतिक कार्यक्रम सम्पन्न
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गमा ऐतिहासिक तथा परम्परागत सरायँ नाचसँगै मुझुङ्ग कालिका पूर्णिमा मेला तथा

भुवनपोखरीमा अटो दुर्घटना चालकसहित ६ जना घाइते, एकको अवस्था गम्भीर
भुवन रायमाझी पाल्पा रैनादेवीछहरा गाउँपालिका ३, बल्घा स्थित भित्री कच्ची सडक खण्डमा लुप्र ०१००१ ह २४४४ नम्बरको अटो दुर्घटना हुँदा चालकसहित ६ जना

रैनादेवी छहरा ७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको सराय नाच पुनः सञ्चालन हुने
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको दसैँको पञ्चमीमा लाग्ने परम्परागत






प्रतिकृया दिनुहोस