सुन्तला गाउँ अमलाबासका किसानको घरमै पुग्यो संघ र स्थानीय सरकार

भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरा ४ अमलबासका कृषकहरु व्यवसायीक रुपमा सुन्तला खेतीमा आकर्षित भएका छन् । परम्परागत खेतीबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि अधिकांश कृषकहरुको मुख्य आम्दानी नै सुन्तला खेती बनेको छ ।यसैि माथी बेलाबेलामा स्थानीय प्रदशे रसंघिय नेताहरु सुन्तला बैगैचाको अबलोकनल गर्न पुग्दा त्यहाँका किसानको हौसला समेत बढ्ने गरेको छ। सुन्तला गाउँमा प्रदेश २ का संघिय सासंद ठाकुर गैरे किसानको बगैचामा पुगेर किसानले उत्पादन गरेको सुन्तलाको स्वाद संगै गाउँको बिकासमा हातेमालो गर्ने बताउनु भएको छ । उहँले सडक सन्जाल चिस्यान केन्द्र र बजारीकरणमा सहजिकरण गर्ने बताउनु भएको छ ।उहाँ संगै प्रदेश १ का संघिय सासद नारायण प्रसाद आर्चाय लगाएतका अतिथिहरु किसानको बारीमा पुगेका थिय । नेता संगै सुन्तला जोन कार्यक्रम पाल्पाका प्रमुख, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख, लगाएतको उपस्थीत रहेको थियो । किसानका समस्या सुन्दै वडा अध्यक्ष गोविन्द रायमाझीले यस गाउँको बिकास निमार्णमा सधै सकारात्मक रुपले अगाडी बढ्ने बताउदै गाउँमा आएको बजेट सहि ठाउँ र समस्या परेको ठाउँमा प्रयोग गर्न आग्रह गदै यस वडाका किसानहरुले हावापानी र माटो चिन्न सके अनि मेहनत गर्न सके आफ्नै ठाउँलाई समृद्ध बनाउन सकिने बताउनु भयो ।
स्थानीय यमलाल कोइरालाले करिव ४५ वर्षअघि सुरु गरेको सुन्तला खेती अहिले यो गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ । अहिले यो डाँडा ‘सुन्तलाबास’ बनेको छ । सुन्तला खेती, गाउँको आम्दानीको स्रोत मात्रै होइन परिचय पनि फेरिएको र प्रतेक वर्ष सुन्तला बाट लाखौ आम्दानी लिएको स्थानीय किसान हुमनाथ कडेलको भनाई छ । सुन्तला खेती गाउँको समृद्धी र पर्यटन विस्तारको आधार बन्दै गएको छ । युवाहरू मेहनेतका कारण गाउँको मुहार फेरिएकोमा पाका पुस्ताका जति दङ्ग छन् । पुर्वाधारमा सुधार आए गाउँलाइ उत्पादन र पर्यटनको हिसाबले अझै अब्बल बनाउन सकिने सुन्तला जोन पाल्पाकाका अध्यक्ष नित्यानन्द पोखरेलको भनाई छ ।सुन्तला गाउँमा रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांत भटराईले समेत किसानका बारीमा पुगेर पालिकाले आबश्यक सहयोग गर्ने बताउनु भयो । सुन्तला किसानहरु टिकाराम पोखरेल, सरोज पोखरेल,बिष्णु कोईराला,सरसती पोखरेल दामोदर घिमिरे ,लगाएतका किसानहरुले गाउँमा परेका समस्या समाधान गरिदिन सडक सन्जाल सिचाई र बजारीकारणमा सहयोग गर्न आग्रह गरेका थिय ।

रिब्दीकोटले कृषकको आयआर्जनमा वृद्धि गर्न टनेल खेतीलाई बिस्तार गर्दै
भुवन रायमाझी रिब्दीकोट गाउँपालिकाले गाउँ क्षेत्रका कृषकहरूको आयआर्जनमा वृद्धि गर्दै कृषि प्रणालीलाई आधुनिक बनाउन विशेष योजना लागू गर्दै आएको छ ।

रिब्दीकोट ६ ठिमुरेको पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रमले सयौ कृषक लाभान्वित
भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरेमा रहेको पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रमले सयौ कृषक लाभान्वित भएका छन । आज पौरखनी

रिब्दीकोट ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा संञ्चालन हुदा स्थानीयले पाय गाउँमै सुविधा
भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालीका ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा शिवर सम्पन्न भएको छ।ठिमुरेका स्थानीय नागरिकलाई सहज होस भन्ने






प्रतिकृया दिनुहोस