रिब्दीकोट ६ ठिमुरेको पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रमले सयौ कृषक लाभान्वित

SITENAME


भुवन रायमाझी 


पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरेमा रहेको पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रमले सयौ कृषक लाभान्वित भएका छन । आज पौरखनी स्मार्ट कृषि  गाउँ कार्यक्रम कार्यान्वयन समितीको कार्यक्रम सार्बजनिकरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्मार्ट कृषि कार्यक्रमले गरिबी निवारण, पशु तथा कृषि क्षेत्रमा व्यावसायिकता, उत्पादनमा वृद्धि गर्न सहयोग पुगेको बताउदै लुम्बिनी प्रदेश सरकार, स्थानीय तह र किसानको संयुक्त लगानीमा पाल्पाको चार स्थानमा स्मार्ट कृषि कार्यक्रम भइरहेको समेत बताउनुभयो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले  ठिमुरेका किसानहरुले केही वर्षअघिसम्म परम्परागत रूपमा कृषि पेसा गरिरहेका किसानले स्मार्ट कृषि गाउँ कार्यक्रम लागुभए संगै व्यावसायिक रूपमा काम गरेका  यहाँका कृषकले अघिल्लो बर्ष १ लाख ८४ हजार ७ सय ४० केजी तरकारी उत्पादन गरि १ करोड ४० लाखभन्दा  बढी  आम्दानी गरेको बताउनुभयो । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका  प्रबक्ता एवं वडा अध्यक्ष प्रकाश रायमाझी, कृषि ज्ञान केन्द्र पाल्पाका संतोष चौधरी वडा सदस्य भरत बहादुर जिसी लगायतले स्मार्ट कृषि गाउँ कार्यक्रम यो ठिमुरे क्षेत्रमा प्रभावकारी भएको बताउनुभयो ।

रिब्दीकोट ठिमुरेमा रहेको पौरखनी स्मार्ट कृषि कार्यक्रम  चौथो बर्षमा चलिरहेको र यो क्षेत्र तरकारी पकेट क्षेत्रको रुपमा रहेको हुदा यस गाउँमा  कृषि ज्ञान केन्द्र मार्फत लुम्बिनी प्रदेश सरकारको  २२ लाख  ५० लाख  र उपभोक्ता मार्फत २२ लाख ५० हजार  गरि कुल ४५ लाख रुपैया  बजेटको कार्यक्रम लागु भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

रिब्दीकोटले कृषकको आयआर्जनमा वृद्धि गर्न टनेल खेतीलाई बिस्तार गर्दै

भुवन रायमाझी रिब्दीकोट गाउँपालिकाले गाउँ क्षेत्रका कृषकहरूको आयआर्जनमा वृद्धि गर्दै कृषि प्रणालीलाई आधुनिक बनाउन विशेष योजना लागू गर्दै आएको छ ।

SITENAME

सुन्तला गाउँ अमलाबासका किसानको घरमै पुग्यो संघ र स्थानीय सरकार

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा ४ अमलबासका कृषकहरु व्यवसायीक रुपमा सुन्तला खेतीमा आकर्षित भएका छन् । परम्परागत खेतीबाट भन्दा राम्रो आम्दानी

SITENAME

रिब्दीकोट ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा संञ्चालन हुदा स्थानीयले पाय गाउँमै सुविधा

भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालीका  ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा शिवर सम्पन्न भएको छ।ठिमुरेका स्थानीय नागरिकलाई सहज होस भन्ने

↑