रिब्दीकोटले कृषकको आयआर्जनमा वृद्धि गर्न टनेल खेतीलाई बिस्तार गर्दै

SITENAME


भुवन रायमाझी


रिब्दीकोट गाउँपालिकाले गाउँ क्षेत्रका कृषकहरूको आयआर्जनमा वृद्धि गर्दै कृषि प्रणालीलाई आधुनिक बनाउन विशेष योजना लागू गर्दै आएको छ । यसैक्रममा, गाउँपालिकाको आयोजना, हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, र ग्रामीण आर्थिक विकास संघको प्राविधिक समर्थनमा टनेल निर्माण तथा टनेलभित्र तरकारी खेती प्रवर्द्धनू सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम रिब्दीकोट गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष तथा गाउँपालिकाको आर्थिक विकास समिति संयोजक  ओम प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्की रहनु भएको थियो । त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी।,

 

वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सम्बन्धित शाखाका कर्मचारी, तथा टनेल निर्माण सम्पन्न गरिसकेका र आगामी टनेल निर्माणका लागि छनोट भएका कृषकहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि नारायण बहादुर कार्कीले अभिमुखीकरण कार्यक्रमले टनेलभित्र गरिने खेतीलाई रोग र किराको प्रकोपबाट जोगाउन, बेमौसममा तरकारी उत्पादन गर्न र  कृषकहरूको आर्थिक स्थिति सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको दीगो विकासका लागि गाउँपालिकाले निरन्तर कार्य गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रमका वक्ताहरूले टनेल खेतीको सम्भावना र फाइदाबारे विशेष जोड दिनुभएको थियो । गाउँपालिकाले स्थानीय कृषकहरूलाई सशक्त बनाउन र आधुनिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्न निरन्तर काम गर्ने योजना बनाएको छ । यसअन्तर्गत, टनेल खेतीको विस्तारका लागि आर्थिक र प्राविधिक सहयोगलाई निरन्तरता दिने, कृषकहरूलाई तालिम प्रदान गर्ने र आवश्यकताअनुसार प्राविधिक विशेषज्ञ उपलब्ध गराउने कार्यमा विशेष ध्यान दिइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीका अनुसार, “गाउँपालिकाले कृषि प्रणालीलाई समय सापेक्ष बनाउन आधुनिक प्रविधि र ज्ञानको प्रयोगलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । टनेल खेती प्रवर्द्धन कार्यक्रमले कृषकहरूको आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान दिने अध्यक्ष कार्कीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस
SITENAME

रिब्दीकोट ६ ठिमुरेको पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रमले सयौ कृषक लाभान्वित

भुवन रायमाझी  पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरेमा रहेको पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रमले सयौ कृषक लाभान्वित भएका छन । आज पौरखनी

SITENAME

सुन्तला गाउँ अमलाबासका किसानको घरमै पुग्यो संघ र स्थानीय सरकार

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा ४ अमलबासका कृषकहरु व्यवसायीक रुपमा सुन्तला खेतीमा आकर्षित भएका छन् । परम्परागत खेतीबाट भन्दा राम्रो आम्दानी

SITENAME

रिब्दीकोट ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा संञ्चालन हुदा स्थानीयले पाय गाउँमै सुविधा

भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालीका  ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा शिवर सम्पन्न भएको छ।ठिमुरेका स्थानीय नागरिकलाई सहज होस भन्ने

↑