कटौजेपानीमा संन्चालन भएको कृकेट खेलमा शताब्दी युवा क्लव अमलाबास प्रथम

SITENAME


भुवन रायमाझी


पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेको छ ।बिजयादशमीको अबसर पारेर बतासे  कृकेट क्लवले आयोजना गरेको बिसिसि नक आउन कृकेट प्रतियोगिताको उपाधी रैनादेवी छहरा ४ अमलाबासमा रहेको शताब्दी युवा क्लवले प्राप्त गरेको छ । दुईदिन सम्म चलेको प्रतियोगितामा ८ वटा टिम सहभागी भएकोमा उत्कृष्ट खेल प्रर्दशन गर्द शताब्दी युवा क्लव अमलाबासले प्रथम पुरस्कार हात पारेको थियो ।प्रतियोगिताको दोस्रो पुरस्कार हेल्पफुल हेन्डस युवा क्लव रैनादेवी छहरा ४ ले प्राप्त गरेको थियो ।

खेलमा प्रथम हुनेलाई १६ हजार नगद र प्रमाण यस्तै द्धितिय हुने टिमलाई ८ हजार नगद र प्रमाणपत्र प्रदान गरेको  बतासे  कृकेट क्लवका संयोजक सुदिप खत्रीले जानकारी दिनु भयो ।कृकेट खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेका शताब्दी युवा क्लवका बिजय बरालले पाल्पाको पश्चिम क्षेत्र क्रिकेटमा राम्रो सम्भावना रहेको बताउदै स्थानीय सरकारहरुले पर्याप्त लगानी गर्न नसक्दा क्रिकेटको विकासमा अझै भने जस्तो प्रगती गर्न नसकेको हुदा  यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

स्थानीय युवा क्लवहरुले आफै खर्च गरेर खेल सन्चालन गरेता पनि  क्रिकेट खेल्दा चाहिने अत्यावश्यक सामग्री नहुँदा समस्या पर्ने गरेको खेल संयोजकहरुले बताउने गरेका छन । क्रिकेटका लागि स्थानीय सरकारले पनि साथ दिनुपर्ने उनीहरूको माग रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहराको भैरव माविबाट एचपिभी खोप अभियानको शुभारम्भ

भुवन रायमाझी  रैनादेवी छहरा गाउँपालिकाले आज देखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेको छ । रैनादेवी

SITENAME

तिन कार्यविधि पास गरेर रैनादेबी छहराको निति तथा कार्यक्रम सार्वजनिक

भुवन रायमाझी पाल्पाकाे रैनादेबी छहरा गाउँपालिका १६ औं गाउँसभा शुरू भएको छ । गाउँसभाकाे शुभारम्भ गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले गरेका हुन ।

SITENAME

रिब्दीकोट ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा संञ्चालन हुदा स्थानीयले पाय गाउँमै सुविधा

भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालीका  ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा शिवर सम्पन्न भएको छ।ठिमुरेका स्थानीय नागरिकलाई सहज होस भन्ने

↑