रैनादेवी छहराले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही २५ हजार राहत प्रदान गर्यो

SITENAME


भुवन रायमाझी


पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले  दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही २५ हजार राहत प्रदान गरेको छ । दुर्घटना भएर मृत्यु भएका परिवारलाई समेबेदना प्रकट गर्न पुगेका गाउँपालिका अध्यक्क्ष रुक्मागत भट्रराई सोही वडाका वडा अध्यक्ष गोविन्द बहादुर रायमाझी लगाएतले  घरमै पुगेर जनही २५ हजारका दरले  नगद  राहत प्रदान गर्दे दुखको बेला स्थानीय सरकार सधै साथमा रहेको बताउदै यस घटना प्रति गाउँपालिका अत्यन्त  स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

कातिक १२ गते रैनादेवी छहरा गाउँपालिकाको वडा नं। ४ स्थित छहरा मेहलढापसडक खण्डमा ईभी गाडी दुर्घटना हुदा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नं।२ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नं ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस
↑