नेपाली कांग्रेस पाल्पा–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस

SITENAME

पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले सबैको नाम जिल्लामा सिफारिस गरेको हो । रानासँगै पार्टी सभापति हिमालदत्त श्रेष्ठ, नेताहरु मीना पन्थी, नेता कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवरको नाम पनि सिफारिस गरिएको क्षेत्रीय सभापति मुक्तिराम जीसीले बताए ।हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्ने भए तापनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै पाँच जनाको नाम सिफारिस गरिएको हो ।

पाल्पा २ प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसका पूर्वजिल्ला सभापति राजन पन्त, जिल्ला सचिव सुनिता अधिकारी, मुस्लिम नेता जमिला मियाँ, नेतृ बसन्ती घिमिरे उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिका पदाधिकारी, सदस्यहरुको सहभागितामा बैठक बसेको हो ।२०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको उम्मेदवार थिएनन् । पाल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका थिए । कांग्रेसले गठबन्धन गरेको तत्कालीन एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका थिए ।प्रतिनिधिसभा सदस्य पाल्पा १, मा प्रत्यक्षतर्फ युवा नेता सन्दीप रानाको नाम सर्वसम्मत भएको छ ।

 यो खबर कान्तिपुर अनलाईनबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहरामा रास्वपाको प्रथम पालिका अधिवेशन हुँदै, सभापतिमा चार आकांक्षीको चर्चा

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक पालिका अधिवेशन हुने भएको छ। रास्वपाले

SITENAME

नेपालमा बलात्कारीलाई कस्तो सजाय?दोषीलाई सजाय दिन नयाँ कानुन आवश्यक

बबिता थापा महिलाको सुरक्षामा प्रश्न: कहिले रोकिन्छ बलात्कार?” आजको समयमा हाम्रो समाजले अत्यन्त गम्भीर र पीडादायक समस्याको सामना गरिरहेको

SITENAME

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु स्वास्थ्य सेवा सुधारमा जोड दिदै

  लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले

↑