रिब्दीकोट सात पालङुमैनादीमा ५० प्रतिशत अनुदानमा मौरीघार वितरण ८७ कृषक लाभान्वित

पाल्पा, ३ वैशाख । रिब्दीकोट गाउँपालिका वडा नं. ७ मा कृषकहरूको आयआर्जन वृद्धि गर्ने र व्यवसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मौरीघार वितरण कार्यक्रम सम्पन्न भएको छ। चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकहरूलाई मौरीसहितका घार वितरण गरिएको हो। डवका टोलमा आयोजित एक विशेष कार्यक्रमका बीच छनोट प्रक्रियाबाट योग्य ठहरिएका कृषकहरूलाई ८७ वटा मौरीसहितका आधुनिक घार हस्तान्तरण गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले कृषिमा आधारित अर्थतन्त्रलाई मजबुत बनाउन स्थानीय सरकारले उत्पादनमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “मौरीपालन कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी दिने क्षेत्र हो। यसले कृषकको आर्थिक स्तर सुधार्ने मात्र नभई परागणमार्फत समग्र कृषि उत्पादन बढाउन र वातावरण संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्छ।” अध्यक्ष कार्कीले प्राप्त सामग्रीको सही सदुपयोग गरी व्यावसायिक सफलता हासिल गर्न कृषकहरूलाई आग्रह समेत गर्नुभयो।
वडा नं. ७ का वडा अध्यक्ष दान बहादुर कुवँरले मौरीपालनलाई ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने प्रभावकारी माध्यमको रूपमा व्याख्या गर्नुभयो। उहाँले वितरण गरिएका घारहरूको उचित व्यवस्थापन र मौरीको संरक्षणका लागि वडा कार्यालयले आवश्यक प्राविधिक सहयोग र तालिमको समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो। मह र मैन जस्ता उप-उत्पादनको बजारमा राम्रो माग रहेकाले यसबाट युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन सहयोग पुग्ने उहाँको विश्वास थियो।
अनुदानमा मौरीघार प्राप्त गरेपछि स्थानीय कृषकहरू उत्साहित देखिएका छन्। विगतमा परम्परागत रूपमा मौरी पाल्दै आएका कृषकहरूले अब आधुनिक घारको सहयोगले व्यवसायलाई विस्तार गर्ने योजना बनाएका छन्। गाउँपालिकाको यो सहयोगले आफूहरूलाई व्यवसायिक रूपमा अघि बढ्न ठूलो हौसला मिलेको सहभागी कृषकहरूको भनाइ छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक तथा कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस कार्यक्रमले रिब्दीकोटलाई मौरीपालनको पकेट क्षेत्रका रूपमा विकास गर्न र समग्र गाउँपालिकाको आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

गोपाल सिद्ध लोक भजन मार्फत लक्ष्मी पुजाको संदर्भ पारी लक्ष्मी पुकार भजन बजारमा
भुवन रायमाझी मौलिक लोक संस्कृतीको संरक्षण गर्ने उद्धेश्य राखेर गोपाल सिद्ध लोक भजन पाणिनी समाजको आधिकारिक युट्युव च्यानल मार्फत तिहार पर्व

बालापन हुदा रमाइलो दशैं, उमेरसँगै बढ्दो जिम्मेवारी ,पर्व विषेश
बबिता थापा(सन्ध्या) रैनादेवी छहरा ४ मगाल पाल्पा मानव जीवन विभिन्न चरणको यात्रा हो। तीमध्ये बाल्यकाल सबैभन्दा रमाइलो, स्वतन्त्र र निष्कपट चरण हो।

टेकराज पोखरेलले विजयादशमीको अवसरमा नवदुर्गा भवानी भजन सार्वजनिक गरे
राष्ट्रिय लोक भजन चुट्का संस्कृती संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटिका महासचिव टेक राज पोखरेलले यस वर्षको विजयादशमीको अवसर पारेर






प्रतिकृया दिनुहोस