भुवनपोखरीमा अटो दुर्घटना चालकसहित ६ जना घाइते, एकको अवस्था गम्भीर

भुवन रायमाझी
पाल्पा रैनादेवीछहरा गाउँपालिका ३, बल्घा स्थित भित्री कच्ची सडक खण्डमा लुप्र ०१००१ ह २४४४ नम्बरको अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।भुवनपोखरीको बल्घाबाट कटौजेपानि तर्फ मेला हेर्न जाँदै गरेको उक्त तीनपाङ्ग्रे अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।
अटोमा कुल ८ जना सवार रहेकोमा त्यसमध्ये ६ जना घाइते भएका हुन्।दुर्घटनामा परेर रैनादेवीछहरा गाउँपालिका(३ बस्ने २४ वर्षीय अटो चालक फर्स बहादुर नेपाली, ३८ वर्षीया यमकला खाम्चा, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु, २५ वर्षीया मन्जु दर्लामी र यमकला खाम्चाका ६ वर्षीय छोरा ईजन खाम्चा घाइते भएका छन्।
घाइतेमध्ये ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको छ भने चालक फर्स बहादुर नेपाली, बसन्ती बराल, हरिकला सारु र मन्जु दर्लामीको अवस्था मध्यम तथा ६ वर्षीय बालक ईजन खाम्चाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।सबै घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि मिसन अस्पताल, पाल्पा पठाइएको छ।

मुझुङ्गको ऐतिहासिक सरायँ नाच, तथा कालिका पूर्णिमा मेलाको सांस्कृतिक कार्यक्रम सम्पन्न
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गमा ऐतिहासिक तथा परम्परागत सरायँ नाचसँगै मुझुङ्ग कालिका पूर्णिमा मेला तथा

रैनादेवी छहरा ७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको सराय नाच पुनः सञ्चालन हुने
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गगढीस्थित कालिका थान मन्दिरमा वर्षौँदेखि रोकिएको दसैँको पञ्चमीमा लाग्ने परम्परागत

रिब्दीकोटको ठिमुरेमा पूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, विकास र संस्कृति संरक्षणमा जोड
भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल घुस्तुङ्गको पाँकरीकोल खेल मैदानमा बडादशैं तथा






प्रतिकृया दिनुहोस