रैनादेवी छहरामा एमाले बाट राउत र गठबन्धन बाट भटराईको प्रतिसप्रधा हुदै दुबैजना भन्छन गाउँपालिका अब समृद्ध हुन्छ

भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरामा बैसाख ३० गते हुने चुनावमा एमाले बाट राम बहादुर राउत र गठबन्धन बाट रुक्मागत भटराई बिच प्रतिसप्रधा हुदै छ ।रैनादेवी छहरा गाउँपालिका पाल्पाको विकास नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार राम बहादुर राउतले दर्जनौं योजनाहरु अगाडी सारेका छन् । एउटा सामाजिक व्यक्तित्वको रुपमा गाउँपालिकामा पहिचान बनाउन सफल राउतले पाँच बर्षमा गाउँपालिकाको मुहार फेर्ने गरी आफूले योजनाहरु अगाडी सारेको बताउनु हुन्छ भने लामो समय प्रशासनिक क्षेत्रमा काम गर्नुभएका रुक्मागत भट्टराई यति बेला रैनादेवी छहरा गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । ३२ वर्ष प्रशासनिक क्षेत्रमा विभिन्न तह र तप्कामा काम गर्नुभएका भट्टराईले रैनादेवी छहरामा कृषि, पर्यटन र आन्तरिक स्रोत व्यवस्थापनमा अब्बल तुल्याउने बताउँदै चुनावी मैदानमा होमिनुभएको छ । एमाले बाट अध्यक्ष बनेका राउत २० औं बर्ष देखि पश्चिम पाल्पाको विकासमा अग्रणी भूमिका खेलेका साविक सोमादी गाविस दीग तथा हालको रैनादेवी छहरा गाउँपालिका दुईका रामबहादुर राउतलाई अगाडी सारेसँगै गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीयहरुको विश्वास रहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा अन्तरघातको कारण झिनो मतले पराजित भएका भएका राउत यस पटकको निर्वाचनमा निर्वाचित गराएर गाउँपालिकाको विकासमा अग्नि परीक्षा गर्नुपर्ने सबै क्षेत्रबाट आवाज उठ्न थालेको स्थानीय युवाहरुको दाबी छ ।
पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेस क्षेत्र नं। २ ख का सभापति समेत रहेका भट्टराईले रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । उहाँ रैनादेवी छहरा गाउँपालिका क्षेत्रको छहरा, सिद्धेश्वर, सोमादी, भुवनपोखरी, जुठापौवा, फेक र झिरुबासको साविक गाविस कार्यालयमा गाविस सचिवका रुपमा कार्य गरिसक्नुभएको व्यक्ति हो । यस्तै जिल्ला मालपोत कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत कार्य गरेको व्यक्ति किन राजनीतिमा होमिनुभयो भन्ने प्रश्नमा जनताको अप्ठ्यारो र पीर मर्का बुझेर काम गर्न सक्ने क्षमता भएकै कारण चुनावी मैदानमा उत्रिनुपरेको बताउनुहुन्छ । द्धन्द्धकालको समयमा २०५६ सालमा जिल्लाकै पहिलो अपहरणमा पर्ने कर्मचारी हुनुहुन्छ ।नेपालमा कोरोना महामारीको समयमा कोभिड प्रभावितहरुलाई राहत व्यवस्थापन, पिसिआर तथा एन्टिजेन परीक्षणमा समेत सहयोग गरि चर्चा कमाउनुभएका भट्टराईले विकास निर्माणका कामलाइ अगाडी बढाउन सके जनताले समृद्धिको अनुभूती गर्न सक्ने बताउनुहुन्छ । जनताले विश्वास गरि विजयी बनाउँदा शिक्षा, स्वास्थ्यसँगै वैदेशिक रोजगारीमा गएका युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्न सक्ने कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।दबुै नेताहरुले आफुहरुले चुनाव जितेर रैनादेवी छहराको बिकास र समृद्धमा काम गर्ने बताउनु भएको छ ।त्यसको परिणाम भने बैसाख ३इ गते मात्र थाहा हुने छ ।

रैनादेवी छहरामा रास्वपाको प्रथम पालिका अधिवेशन हुँदै, सभापतिमा चार आकांक्षीको चर्चा
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक पालिका अधिवेशन हुने भएको छ। रास्वपाले

नेपालमा बलात्कारीलाई कस्तो सजाय?दोषीलाई सजाय दिन नयाँ कानुन आवश्यक
बबिता थापा महिलाको सुरक्षामा प्रश्न: कहिले रोकिन्छ बलात्कार?” आजको समयमा हाम्रो समाजले अत्यन्त गम्भीर र पीडादायक समस्याको सामना गरिरहेको

नेपाली कांग्रेस पाल्पा–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले सबैको






प्रतिकृया दिनुहोस