रैनादेवी छहरामा नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवारको दिर्घकालीन योजना

लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात पहिलो पटक २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रैनादेवी छहरा गा.पा.मा नेपाली कांग्रेसले विजय प्राप्त गरी स्थानीय सरकारको संस्थागत संरचना निर्माण, विधि पद्धतीको बिकास, सार्वजनिक सेवा प्रवाहमा सहज पहुच, पालिकाको प्रशासकीय भवन लगायतका पूर्वाधार बिकासका क्षेत्रमा कार्य सम्पन्न गरेको छ । यस सिलसिलामा सुन्दरढुंगा –सालझण्डी सडक खण्ड कालोपत्रेको कार्य भईरहेको, कटौजेपानी खेलकूद मैदान, तिलकथान पार्क निर्माण, एक घर एक धारा, फुसको छानोरहित घर ( जस्तापाताका घर ) वनाउने आदि योजना अन्तिम चरणमा रहेका छन् । यस्तै धजावान्ने, तान्सिङल, सर्देवा, सातमुरे सडक कालोपत्रे, धजावान्ने , सोमादी, सिद्धेश्वर वडा कार्यालय सडक कालोपत्रे, अमलावास, पेलावास, तालपोखरा सडक कालोपत्रे गर्ने योजना कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । तसर्थ वर्तमान नेपाली कांग्रेसको स्थानीय सरकारवाट संचालित गौरवका योजना तथा कार्यक्रमका वाँकी कार्यलाई निरन्तरता दिदै विकास र सुशासनका पक्षमा निम्न कार्यहरु गर्ने प्रतिबद्धता प्रकट गर्दछौं ।
१. पूर्वाधार विकास ः
गाँउपालिका मुकाम र सबै वडाहरुलाई जोड्न सडक संजालको निर्माण गर्ने कार्यलाई निरन्तरता दिने । ्
गाँउपालिकाको सदरमुकामवाट सवै वडाका मुकाम सम्मका सडक स्तरोन्ति गरी कालोपत्रे गर्ने ।
सालझण्डी, सुन्दरढुुंगा, सातमुरे सडकलाई कालोपत्रे गर्ने कार्य क्रमश सम्पन्न गरी धार्मिक पर्यटन पहुच मार्गका रुपमा विकसित गर्ने योजना सहित अघि वढने । कालीगण्डकी करिडोरसंग जोडिने यस सडकलाई सुरक्षित मार्गका रुपमा विस्तार गरी रुरु क्षेत्र, रानीमहल लगायतका क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वलाई पर्यटन प्रवद्र्धनसंग जोड्न टेवा पुर्याउने ।
जुठापौवा, चहला हुदै रानीवगिया जाने सडक र सत्यवतीको म्यालछेडा, ज्यामिरे, वुढीदमार सडकको स्तरोउन्ति गर्ने ।
आगजनीवाट हुने जन धनको क्षतीवाट जोगाउन वारुणयन्त्रको व्यवस्था गर्ने ।
२.कृषि तथा सहकारी ः
एक वडा एक उत्पादनको नीति लागू गर्ने ।
गाउँपालिका भित्र कृषि उत्पादनसंग जोडिएका साना, घरेलु उधोग स्थापना गर्न प्रोत्साहन गर्ने ।
विचौलियाको अन्त्य र किसानको हितका लागी हरेक गाँउ हरित कृषि हाटबजार कार्यक्रम लागु गर्ने ।
गाउँपालिकाको पायक स्थानमा एक शीत भण्डार निर्माण गर्ने ।
कृषकका घरमा कृषि प्राविधिक अभियान संचालन गर्ने ।
कृषि पेशामा शिक्षित युवालाई आकर्षित गरी ब्यवसायिक कृषिमा जोड दिने ।
सहकारीका माध्यमबाट कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण प्रवाह गर्ने,
उन्नत प्रबिधि, विउ विजन, मेसिनको प्रयोग गर्ने नीति कार्यान्वयन गर्ने ।
कृषि पेशामा लाग्नुभएका किसानको आकस्मिक नोक्सानीका लागी कृषि राहत कोषको स्थापना गरी क्षतिपूर्तिको ब्यवस्था गर्ने ।
कृषि तथा पशु बीमा अनिवार्य गरी पालिकाबाट त्यसमा अनुदान दिने ब्यवस्था मिलाउने ।
आधुनिक कृषि औजार , प्रविधिलाई प्रयोग गरी उच्च उत्पादकत्वमा जोड दिने ।
उत्पादित वस्तुको वजार व्यवस्थापन गर्ने ।
कृषिलाई प्रबद्र्धन गर्न सुख्खा डाँडा–पाखामा पानी पोखरी निमार्ण गरी बर्षादको पानी संकलन, हिउदमा सिंचाईको ब्यवस्था मिलाउने ।
पानीको मुल, कुलोको ब्यवस्थापन गरी सिंचाई गर्ने नीतिलाई निरन्तरता दिने ।
२.१ पशुपालन ः
चरिचरन सहितको पशुपालन ब्यवसायलाई प्रोत्साहन गरिने ।
उन्नत जातको पशुपालन र नश्ल सुधारमा जोड ।
३.शिक्षा र स्वास्थ्य ः
बिभेद प्रकृतिको शिक्षा प्रणालीको अन्त्य गर्ने ।
सामुदायिक बिधालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने ।
नैतिक शिक्षालाई पाठ्यक्रममा समाबेश गर्ने ।
एक वडा एक आवासीय बिधालयको बिकाश गर्ने ।
प्राबिधिक तथा रोजगारमुलक शिक्षामा जोड दिई विविध विषयका प्राविधिक कलेज स्थापना गर्ने ।
समय सापेक्ष सिकाईको लागी प्रविधिको हस्तान्तरण तालिम संचालन गर्ने ।
साना बालबालिकालाई शिक्षा दिन टोल–टोलमा बाल विकास केन्द्र संचालन गर्ने ।
अनाथ, असहाय अपाङ,पिछडिएका वर्ग लिङका लागि छात्रवृति सहितको अनिवार्य शिक्षा कार्यक्रम लागू गर्ने ।
सामुदायिक बिधालयबाट माध्यामिक उत्तीर्ण गरेका जेहेन्दार छात्र–छात्राहरुका लागी प्राविधिक ( मेडिकल,इन्जियरिङ) पढ्न कोटाका आधारमा पालिकाबाट छात्रवृति प्रदान गर्ने ।
स्वास्थ्य बिमालाई सहज र पहुँच युक्त बनाउने ।
पालिकामा बिशेषज्ञ चिकित्सक, गुणस्तरीय प्याथोलोजी सेवा सहितको १५ सैयाको अस्पताल संचालन गर्ने ।
सुत्केरी आमा,पोसिलो खाना अभियानलाई निरन्तरता दिई थप प्रोत्साहन गर्न नगद सहयोगको ब्यवस्था गर्ने ।
मृगौला, क्यान्सर , मुटुको गम्भीर प्रकृतिको बिरामीको उपचारमा पालिकाबाट आर्थिक सहयोग गर्ने ।
गर्भवती ,अपाङ, जेष्ठ नागरीकलाई निशुल्क एम्बुलेन्स सेवाका साथै घर–घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ।
४. खानेपानी तथा सरसफाई ः
सबैका लागी स्वस्थकर खानेपानीको पहँच सुनिश्चित गर्न एक घर एक धारा अभियानलाई निरन्तरता दिई खानेपानी वितरण प्रकृयालाई नियमित र ब्यवस्थित गरिने ।
५. पर्यटन विकास ः
पर्यटन क्षेत्रलाई रोजगारीका अवसर र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रुपमा विकास गर्ने मुख्य लक्ष्यका साथ रैनादेवी, तिलकथान, देलुंगा, कालिका मन्दिर, वल्ढेङगढी लगायतका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, रणनीतिक स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने ।
पालिकामा रहेको पुरातात्विक महत्वका मठ,मन्दिर,देवालयहरुको पुन–निर्माण र संरक्षण गर्ने ।
बिभिन्न मनमोहक दृश्य र स्थानीय संस्कृतिको विकास, सम्बद्र्धन तथा आय आर्जनको लागी होम स्टे संचालन गर्ने ।
६. सुशासन ः
स्थानीय स्तरका विकास निर्माण र सेवाका कार्यहरु स्थानीय समुदायबाटै गरिने ब्यवस्थालाई निरन्तरता दिई अझ पारदर्शी बनाईने ।
स्थानीय तहहरुका कर्मचारीलाई अझ जवाफदेही र दक्षता अभिवृद्धिमा जोड दिने ।
भष्ट्राचारमा शुन्य सहनशिलता सहितको सार्वजनिक सेवा दिने नीति लिईने ।
बिधिद्धारा निर्देशित शासन प्रणाली नै सुशासनको प्रमुख नीति हुने ।
नागरिक वडा–पत्रको अनिवार्य ब्यवस्था गरी प्रभावकारी ढंगमा कार्यान्वयन गर्ने ।
७. युवा ः
युवा लक्षित नेतृत्व बिकास, सीपमूलक तालिम संचालन गरिने ।
आर्थिक,सामाजिक,सांस्कृतिक र बिकास कार्यहरुमा युवाहरुको प्रतिनिधित्व र सहभागिता बृद्धि गरिने ।
स्थानिय तहमा उधमशिलताको बिकास गरी स्वदेशमै वसेका तथा विदेशवाट शीप सिकेर फर्केका युवाहरुलाई रोजगार, स्वरोजगारका अवसर दिने व्यवस्था मिलाउने ।
उद्यमशीलतामा जोडिने युवालाई योजना अनूरुप प्राविधिक सहयोग तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने ।
जेष्ठ नागरिकहरुबाट स्थानिय स्तरका सीपहरु युवाहरुमा हस्तान्तरण गर्ने कार्यक्रम लागु गरिने ।
प्रत्येक गाँउ वा वडामा खेल मैदान निर्माण गरिने ।
युवाहरुको शारीरिक र मानसिक विकासका लागी वडामा स्पोर्टस क्लब तथा ध्यान केन्द्रको स्थापना ।
९. सूचना तथा संञ्चार ः
वृहत बिधुत्तिय सुशासन (ई–गर्भनेन्स ) को बिशेष कार्ययोजना बनाई लागू गर्ने ।
माध्यमिक तह सम्मका शिक्षामा सूचना प्रविधि शिक्षा लागु गर्ने ।
संचारका माध्यमलाई स्वतन्त्र,निष्पक्ष,भयमुक्त रहन सुरक्षा दिन कटिबद्ध रहने ।
१०. महिला तथा वालवालिका ः
सबै प्रकारका लैंगिक हिंसा र भेदभावको अन्त्य गर्ने ।
सबै वालवालिकाको जन्म दर्ता सुनिश्चित गरिने ।
सबै वालवालिकाहरुको शिक्षामा पहुँचलाई सुनिश्चित गरिने ।
अभिभावकबिहिन,अवसरबाट वञ्चित वालवालिकाहरुको बिशेष संरक्षण सहित आपतकालीन बाल उद्धार कोषको स्थापना गरिने ।
वाल उधान पार्क निर्माण ।
खोपको सुनिश्चता गरिने ।
११. जेष्ठ नागरिक तथा अपाङ्ग ः
पालिकास्तरमा जेष्ठ नागरिक सभा गठन गरी उहाँहरुको ज्ञान ,सीप अनुभवलाई पालिकाको बिकास र सुशासनमा परिचालन गर्ने ।
जेष्ठ तथा अपाङ नागरिकहरुलाई परिवार भित्रै समायोजन गर्ने र उहाँहरुको जीवनलाई सहजपूर्ण बनाउन बिभिन्न प्रोत्साहनयुक्त कार्यक्रमहरु ल्याइने ।
संरक्षण गर्ने आफन्त नभएका जेष्ठ तथा अपाङ नागरिकको गास ,बास, कपासको ब्यवस्था पालिकाले गर्ने ।
जेष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच ,पोषण लगायतका ब्यवस्था बासस्थानमै गएर दिइने ।
अपाङ(शारीरिक) ब्यक्तिहरुलाई राज्यका सबै सार्वजनिक सेवा, स्थान, तथा अन्य सुविधाहरुमा बिशेष ब्यवस्था सहित समावेशी र समानुपातिक प्रतिनिधित्व र पहुँच सुनिश्चित गरिने ।
१२. प्राकृतिक स्रोत साधनको ब्यवस्थापन ः
चुनढुंगा खानी, बन, जडिबुटि, खोला–नाला, नदी लगायतका प्राकृतिक स्रोत तथा सम्पदाको पर्यावरण सन्तुलन कायम गरी तिनीहरुको संरक्षण गर्नुका साथै उचित सदुपयोग्द्वारा पालिकाको बिकास कार्यमा प्रयोग गरिने ।

रैनादेवी छहरामा रास्वपाको प्रथम पालिका अधिवेशन हुँदै, सभापतिमा चार आकांक्षीको चर्चा
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक पालिका अधिवेशन हुने भएको छ। रास्वपाले

नेपालमा बलात्कारीलाई कस्तो सजाय?दोषीलाई सजाय दिन नयाँ कानुन आवश्यक
बबिता थापा महिलाको सुरक्षामा प्रश्न: कहिले रोकिन्छ बलात्कार?” आजको समयमा हाम्रो समाजले अत्यन्त गम्भीर र पीडादायक समस्याको सामना गरिरहेको

नेपाली कांग्रेस पाल्पा–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले सबैको






प्रतिकृया दिनुहोस