रैनादेवी छहरा ४ मा दुई रायमाझी लक्ष्मण र गोविन्दको प्रतिसप्रधा कस्को होला जित

SITENAME


भुवन रायमाझी


पाल्पाको रैनादेवी छहरा ४मा दुईजना रायमाझी दाजुभाई बिच  यो पटकको चुनावमा प्रतिसप्रधा देखिएको छ ।नेकपा एमाले बाट छहरा बजारका गोविन्द रायमाझी चुनाव मा छन भने गठबनधनको तर्फ बाट छहराकै लक्ष्मण रायमाझी चुनावी मैदानमा छन ।दुबै जना अहिले जनताको घरदैलोमा मत माग्न ब्यास्त छन ।गठबन्धनमा आबद्ध दलहरूले भन्दा पहिले नै घरदैलो सुरु गरेको एमालेका उम्मेद्वारले आफ्नो चुनावी प्रतिबद्धता सहित  नेकपा एमाले छहराले विभिन्न स्थानमा घरदैलो अभियानलाई तीव्रता दिएको छ । एमालेले आफ्ना  वडाका उम्मेद्वार गोविन्द रायमाझी बिष्णु घिमिरे दान बहादुर थामी नारायणी गहतराज र रविलाल पोखरेल  लगायतका उम्मेद्वार सहित घरदैलो अभियानलाई तीव्रता दिएको छ ।एमाले छहराले आधुनिक , शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गर्ने, नागरिकका लागि रोजगारी दिलाउने, खानेपानी समस्या समाधन गर्ने  र पर्यटन र कृषी लगायतका एजेण्डा सहित विभिन्न टोलमा घरदैलो गरिरहेको नेकपा एमाले वडा नम्बर ४का वडा अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिनु भयो ।

यस्तै रैनादेवी छहरा ४ बाट गठबन्धनको तर्फ बाट लक्ष्मण रायमाझी चुनाव आफ्नो पोल्टामा पार्नको लागी कसरतमा छन ।नेपालमा सुशासन, राजनीतिक स्थीरता र समृद्दिका लागि गठबन्धन गरेर अगाडी बढेको भन्दै सन्तुलित राजनीतिक निकास र देशको विकासका लागि गठबन्धन आबश्यक रहेको भन्दै लोकतन्त्र खतरामा परेको कारण त्यसको संरक्षणका लागि काँग्रेस सहितको गठबन्धनलाई विजयी बनाउन यो पटक छहरामा आफ्नो जित निश्चित रहेको बताएका छन ।  उनीहरुले ठाउँ ठाउँमा चुनावी सभादेखि घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् । उम्मेदवारहरुलाई सँगै लिएर मतदाताको घर घरमा पुेगको नेपाली काग्रेसका छहराका सभापती बुद्धि रायमाझीले रेडियो मुक्तिनाथ लाई जानकारी दिएका छन ।गठबन्धनका तर्फ बाट ४ नम्बर वडामा लक्ष्मण बहादुर रायमाझी,जंग बहादुर केशी रिप बहादुर राना सारदा रायमाझी र मिना बिश्वकर्मा सहितको टिम छहराका बिभिन्न टोलमा पुगेर मत मागेका छन ।रैनादेवी छहरा ४ मा ४१८१ जना मतदाता रहेका छन।पाल्पामा नेकपा एमाले बाट फुटेर समाजबादी गठन भएको कारण एमाले गठबन्धन बिरुदमा एक्लै चुनावमा छ। यही कारण पनी रैनादेवी छहराको चुनाव पेचिलो र प्रतिसप्रधा बढी रहेको स्थानीयहरुको आकलन रहेको छ ।छहरामा रायमाझीको बाहुलेता भएता पनी वडामा दुई जना रायमाझी फरक फरक पाटीमा चुनावमा भाग लिदा मत भने कस्को पोल्टामा जान्छ त्यो भने बैसाख ३० गते पछी मात्रै थाहा लाग्ने छ ।यि दुवै जना आ–आफ्ना योजना सहित अहिले घरदैलो अभियानमा छन् ।
 

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहरामा रास्वपाको प्रथम पालिका अधिवेशन हुँदै, सभापतिमा चार आकांक्षीको चर्चा

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक पालिका अधिवेशन हुने भएको छ। रास्वपाले

SITENAME

नेपालमा बलात्कारीलाई कस्तो सजाय?दोषीलाई सजाय दिन नयाँ कानुन आवश्यक

बबिता थापा महिलाको सुरक्षामा प्रश्न: कहिले रोकिन्छ बलात्कार?” आजको समयमा हाम्रो समाजले अत्यन्त गम्भीर र पीडादायक समस्याको सामना गरिरहेको

SITENAME

नेपाली कांग्रेस पाल्पा–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस

पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले सबैको

↑