प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने

प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने काठमाडौँ । नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी फागुन ५ गते प्रदेश अध्यक्षहरूको राष्ट्रिय सम्मेलन र ६ र ७ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश अध्यक्षहरुको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल र केन्द्रीय सदस्य पेशाल आचार्य रहेका छन् । त्यसैगरी जिल्ला अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष नकुल अर्यालको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। समितिको सदस्यमा उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, काठमाडौँका जिल्ला अध्यक्ष महेश गौतम, ललितपुरका जिल्ला अध्यक्ष केदारनाथ दाहाल र भक्तपुरका जिल्ला अध्यक्ष रोशन शिल्पकार रहेका छन् ।

रैनादेवी छहरामा रास्वपाको प्रथम पालिका अधिवेशन हुँदै, सभापतिमा चार आकांक्षीको चर्चा
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक पालिका अधिवेशन हुने भएको छ। रास्वपाले

नेपालमा बलात्कारीलाई कस्तो सजाय?दोषीलाई सजाय दिन नयाँ कानुन आवश्यक
बबिता थापा महिलाको सुरक्षामा प्रश्न: कहिले रोकिन्छ बलात्कार?” आजको समयमा हाम्रो समाजले अत्यन्त गम्भीर र पीडादायक समस्याको सामना गरिरहेको

नेपाली कांग्रेस पाल्पा–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले सबैको






प्रतिकृया दिनुहोस