रैनादेवी छहरा स्वास्थ्य चौकीमा अबदेखि थाइराइड तथा अन्य हर्मोनल जाँच हुने

रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकीमा अबदेखि थाइराइड तथा अन्य हर्मोनल जाँच गर्न सकिने टि.एफ.टि. (Thyroid Function Test) मेसिनबाट सेवा सुरु भएको छ । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ डिस्ट्रक्ट ३२५ पि द्वारा उक्त मेसिन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
बुधबार आयोजित कार्यक्रममा लायन्स क्लबका प्रतिनिधिहरूले गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, लेखा अधिकृत लिलामणि बश्याल, जनस्वास्थ्य अधिकृत जिबन राना लगायतको उपस्थितिमा मेसिन हस्तान्तरण गरेका थिए । गाउँपालिका अध्यक्ष भट्टराईले प्राप्त मेसिन स्वास्थ्य चौकी प्रमुख सीताराम कुमार यादवलाई औपचारिक रूपमा बुझाउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भट्टराईले अब गाउँपालिकामा थाइराइड जस्ता जटिल स्वास्थ्य समस्याहरूको प्रारम्भिक परीक्षण सुविधा उपलब्ध भएको उल्लेख गर्नुभयो । उहाँले यस सेवाले गाउँबासीलाई सजिलै स्वास्थ्य सेवा लिन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष थापाले पहिले यस किसिमको परीक्षणका लागि गाउँबासीलाई शहर धाउनुपर्ने बाध्यता रहे पनि अब घर नजिकै सुविधा उपलब्ध हुँदा समय र खर्च दुवै बच्ने धारणा राख्नुभयो । जनस्वास्थ्य अधिकृत रानाले मेसिन सञ्चालनमा आएपछि नियमित स्वास्थ्य परीक्षणमा सहजता आउने र विशेषगरी महिलामा बढी देखिने थाइराइड सम्बन्धी समस्या पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो ।
लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ डिस्ट्रक्ट ३२५ पि का प्रतिनिधिले सामुदायिक स्वास्थ्य सेवामा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै, आगामी दिनमा पनि यसैगरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब छहरा स्वास्थ्य चौकीमा थाइराइड तथा अन्य हर्मोनल जाँच सेवा उपलब्ध भएकाले गाउँपालिकाबासीलाई उक्त सेवाबाट लाभ लिन अनुरोध गरिएको छ ।

रैनादेवी छहरामा मौलिक तीज गीत प्रतियोगिताः प्रथम पुरस्कार मुझुङलाई
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तीज गीत प्रतियोगितामा वडा नं ५ मुझुङ प्रथम भएको छ । पालिका भित्रबाट ८

संस्कृति संरक्षणमा चासो दिदै राजन थापाको पाल्पाको दिग पन्चेबाजा बजारमा
भुवन रायमाझी अत्यन्तै सुमधुर स्वरका धनी राजन थापाले रैनादेवी छहराको संस्कृति संरक्षणमा चासो दिदै आफ्नो दोस्रो एल्बम पाल्पाको दिग पन्चेबाजा






प्रतिकृया दिनुहोस