गोपाल सिद्ध लोक भजन मार्फत लक्ष्मी पुजाको संदर्भ पारी लक्ष्मी पुकार भजन बजारमा

SITENAME


भुवन रायमाझी


मौलिक लोक संस्कृतीको संरक्षण गर्ने उद्धेश्य राखेर गोपाल सिद्ध लोक भजन पाणिनी समाजको आधिकारिक युट्युव च्यानल मार्फत तिहार पर्व लक्षित गरेर लक्ष्मी पुजाको संदर्भ पारी लक्ष्मी पुकार भजन बजारमा आएको छ ।

तिहार नेपाली समाजमा दीपावली पर्वको रूपमा विशेष महत्त्व राख्छ, र यसको तेस्रो दिन अर्थात् लक्ष्मी पूजा विशेष मानिन्छ। लक्ष्मीलाई धन, समृद्धि, सौभाग्य, र सम्पन्नताको देवी मानिन्छ। तिहारको बेला लक्ष्मीको पूजा गरिन्छ ताकि घरमा सुख, शान्ति, र समृद्धि आओस् भन्ने कामना गरिन्छ। यस दिन दीप प्रज्वलन गरेर घरलाई उज्यालो पारिन्छ, जसले अज्ञान र अन्धकारको अन्त्य गरी ज्ञान, सम्पत्ति, र समृद्धिको मार्ग प्रसस्त गर्छ भन्ने विश्वास छ।यस्तै धार्मिक र सास्कृतीक पाटोलाई जोडेर लक्ष्मी पुकार भजन निकालेको गोपाल सिद्ध लोक भजन पाणिनी समाजका सदस्य चुरामणी पोखरेलले रेडियो मुक्तिनाथ संगको कुराकानी जानकारी दिनुभयो ।

लक्ष्मी पुकार लोकभजनको  शब्द र संगीत शेसनारायण पोखरेलको छ भने स्वर शेसनारायण पोखरेल सहित सिङ्गो  गोपाल सिद्ध लोक भजन पाणिनी समाजका सदस्यहरूको रहेको छ। भिडियो छायांकन भने बिष्णुदेबि मन्दिर किर्तिपुरमा गरिएको छ। अत्यन्त मौलिक लोक भजन हेर्न यहाँ किलिक्क गर्न सकिन्छ । हेरौ यो भजन  https://www.youtube.com/watch?v=0QvJ-IE5xNo

प्रतिकृया दिनुहोस
SITENAME

रिब्दीकोट सात पालङुमैनादीमा ५० प्रतिशत अनुदानमा मौरीघार वितरण ८७ कृषक लाभान्वित

  पाल्पा, ३ वैशाख । रिब्दीकोट गाउँपालिका वडा नं. ७ मा कृषकहरूको आयआर्जन वृद्धि गर्ने र व्यवसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मौरीघार

SITENAME

बालापन हुदा रमाइलो दशैं, उमेरसँगै बढ्दो जिम्मेवारी ,पर्व विषेश

बबिता थापा(सन्ध्या) रैनादेवी छहरा ४ मगाल पाल्पा मानव जीवन विभिन्न चरणको यात्रा हो। तीमध्ये बाल्यकाल सबैभन्दा रमाइलो, स्वतन्त्र र निष्कपट चरण हो।

SITENAME

टेकराज पोखरेलले विजयादशमीको अवसरमा नवदुर्गा भवानी भजन सार्वजनिक गरे

  राष्ट्रिय लोक भजन चुट्का संस्कृती संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटिका महासचिव टेक राज पोखरेलले यस वर्षको विजयादशमीको अवसर पारेर

↑