रैनादेवी छहरामा रास्वपाको प्रथम पालिका अधिवेशन हुँदै, सभापतिमा चार आकांक्षीको चर्चा

SITENAME

 

भुवन रायमाझी

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक पालिका अधिवेशन हुने भएको छ। रास्वपाले यही भदौ १३ गते शनिबार रैनादेवी छहरा गाउँपालिकाको सभा हल, अमलावासमा पालिका अधिवेशनको आयोजना गर्न लागेको हो।सुशासन र युवा, समृद्ध पालिकाको आधार समृद्ध रैनादेवी निर्माणमा हातेमालो गरौँ भन्ने नाराका साथ आयोजना हुन लागेको अधिवेशनको तयारी तीव्र रूपमा अघि बढाइएको रास्वपा रैनादेवी छहरा गाउँपालिका संयोजक विष्णु रायमाझीले जानकारी दिनुभएको छ।

 

सुशासन र विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको रास्वपाको पहिलो पालिका अधिवेशनमा गाउँपालिका सभापति पदका लागि हालसम्म चार जना आकांक्षी देखिएका छन्।सभापति पदका लागि गाउँपालिका संयोजक विष्णु रायमाझी, सहसंयोजक अम्बर बहादुर कार्की ‘राजु’, हरिप्रसाद पोखरेल र शंकर पोखरेलको नाम चर्चामा रहेको रास्वपा रैनादेवी छहराले जनाएको छ।अधिवेशनको मिति नजिकिँदै जाँदा सभापति पदका आकांक्षीको संख्या थपिन सक्ने सम्भावना रहेको समेत रास्वपाले जनाएको छ।रास्वपा रैनादेवी छहराले पहिलो ऐतिहासिक पालिका अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिएको समेत जनाएको छ।

 

अधिवेशनमा विभिन्न अतिथिहरूको समेत उपस्थिति रहने भएको छ। रास्वपाको प्रथम पालिका अधिवेशनमा संघीय सांसद माधव थापालगायतका अतिथिहरू रैनादेवी छहरामा आउने भएका छन्।अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयस्तरका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। अधिवेशनलाई पार्टीको संगठन विस्तारसँगै स्थानीय तहमा सुशासन, विकास र युवाको भूमिकाका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

नेपालमा बलात्कारीलाई कस्तो सजाय?दोषीलाई सजाय दिन नयाँ कानुन आवश्यक

बबिता थापा महिलाको सुरक्षामा प्रश्न: कहिले रोकिन्छ बलात्कार?” आजको समयमा हाम्रो समाजले अत्यन्त गम्भीर र पीडादायक समस्याको सामना गरिरहेको

SITENAME

नेपाली कांग्रेस पाल्पा–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस

पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले सबैको

SITENAME

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु स्वास्थ्य सेवा सुधारमा जोड दिदै

  लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले

↑