रैनादेवी छहरामा ५६ वटा विद्यालयका ५ हजार बढी विद्यार्थी शिक्षक तथा अभिभावको मुटु परीक्षण गरियो

भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले नागरिक तथा बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै सञ्चालन गरेको साताव्यापी निःशुल्क मुटु स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नेपाल हृदयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा भदौ २६ गतेदेखि असोज १ गतेसम्म विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको हो। दुर्गम क्षेत्रका बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट गाउँपालिकाभित्रका ५६ वटा विद्यालयका ५ हजार १ सय विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्। बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा मुटुरोग विशेषज्ञ डा सुमन्तकुमार बञ्जाडे र डा शरद पाण्डे सहितको स्वास्थ्य टोलीले परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिनुभयो।
ग्रामीण क्षेत्रका विद्यार्थी तथा अभिभावकले मुटुको स्वास्थ्य परीक्षणका लागि पाल्पा सदरमुकाम वा बुटवलजस्ता टाढाका सहरमा पुगेर महँगो शुल्क तिर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्नै गाउँघरमा निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराएको हो। भौगोलिक विकटतालाई ध्यानमा राख्दै विभिन्न विद्यालयलाई पायक पर्ने स्थानमा केन्द्र तोकेर शिविर सञ्चालन गरिएको थियो।शिविरअन्तर्गत भदौ २६ गते वेदवेदाङ्ग संस्कृत माध्यमिक विद्यालय, भुटुक्दीदेवी आधारभूत विद्यालय र भगवती माध्यमिक विद्यालयमा परीक्षण गरिएको थियो। त्यस्तै, भदौ २७ गते मछिन्द्रदेवी आधारभूत विद्यालय, गंगा माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो।
भदौ २८ गते जनजागृति आधारभूत विद्यालय, रैनादेवी माध्यमिक विद्यालय र जोगवाणी माध्यमिक विद्यालयमा परीक्षण गरिएको थियो भने भदौ ३० गते भैरव नवदिप माध्यमिक विद्यालय र महाकाली माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो।यसैगरी, भदौ ३१ गते गुहारथाना माध्यमिक विद्यालय, कालिका आधारभूत विद्यालय र गौरादेवी माध्यमिक विद्यालय तथा असोज १ गते सत्यवती माध्यमिक विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय र गहते माध्यमिक विद्यालयमा स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।शिविरमा विद्यार्थीका साथै शिक्षक तथा अभिभावकको समेत स्वास्थ्य परीक्षण गरिएको थियो।गाउँपालिकाले दुर्गम तथा ग्रामीण क्षेत्रका बालबालिकालाई लक्षित गरी निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै स्थानीय स्तरमा कार्यक्रमको प्रशंसा गरिएको छ।कार्यक्रमका सम्बन्धमा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले बालबालिका नै समाजको भविष्य भएकाले उनीहरूको स्वास्थ्यप्रति स्थानीय सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो।
धेरैजसो बालबालिकामा जन्मजात वा पछि देखिने मुटुरोग समयमै पहिचान हुन नसक्दा भविष्यमा जटिल समस्या आउने गर्छ। ग्रामीण क्षेत्रका विपन्न परिवारका बालबालिका स्वास्थ्य सेवाबाट वञ्चित नहून् भन्ने उद्देश्यले गाउँपालिकाले यो सकारात्मक पहल सुरु गरेको हो,अध्यक्ष भट्टराईले भन्नुभयो।अध्यक्ष भट्टराईले आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै यस्ता जनमुखी तथा निःशुल्क स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रैनादेवी छहरा ८ सत्यवतीमा गाजा सहित दुई युवा स्थानीय क्लव द्धारा नियन्त्रणमा
पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा रहेको स्थानीय युवा क्लव न्युसेभेन स्टार युवा क्लवले गाजा र अन्य लागु औषध सहित दुई जना अपरिचित युवालाई

भुवनपोखरीमा पराल बोकेको ट्याक्टर दुर्घटना ,एक जनाको मृत्युु
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा ३ भुवनपोखरीमा पराल बोकेको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।भुवनपोखरीको दमारखोला बाट पराल

बुटवलको होराइजनचोकमा एकै परिवारका तीन जनाको हत्या
रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् ।बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७






प्रतिकृया दिनुहोस