रैनादेवी छहरामा मौलिक तीज गीत प्रतियोगिताः प्रथम पुरस्कार मुझुङलाई

SITENAME

भुवन रायमाझी

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तीज गीत प्रतियोगितामा वडा नं ५ मुझुङ प्रथम भएको छ । पालिका भित्रबाट ८ वटा समूहको सहभागिता रहेको प्रतियोगितामा मुझुङले सबै विधामा उत्कृष्ट नम्बर सहित प्रथम भएको हो ।  प्रतियोगितामा वडा नम्बर ६ जुठापौवा द्वितीय  र  वडा ८ सत्यवतीले तृतीय स्थान प्राप्त गरेका छन । प्रतियोगितामा प्रथम हुनेले २० हजार दोश्रो हुनेले १५  हजार र तृतीय हुनेलाई १० हजार नगद पुरस्कार र प्रमाणपत्र गाउँपालिकाले प्रदान गरेको थियो भने अन्य सबै वडाले सहभागी पुरस्कार प्राप्त गरेका थिय ।

सहभागीहरुले सबै जसो गितमा परम्परागत लय र भाकामा तयार पारिएका गीतहरू मार्फत स्थानीय सरकारसँग विभिन्न माग र सुझावहरू प्रस्तुत गरेका थिए। जसमा बाँदर, बँदेल लगायत जंगली जनावरको नियन्त्रण, बसाइँसराइ रोक्न, महिला हिंसा र बलात्कारजस्ता घटनामा गम्भीर बन्न, तथा सामाजिक संन्चालको दुरुपयोग, गाउँपालिका भित्रका धार्मिक र पर्यटकीय क्षेत्रको पहिचान संगै पालिकाले गरेका बिकास निमार्ण लगाएतका विषयहरू गितमा समावेश गरेका थिय। 

गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि पालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको बताए। उनले प्रतियोगिताबाट मौलिक संस्कृतिको संरक्षण गर्ने पहल गरिएको पनि बताए । गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा तहबाट प्रतियोगितामा उत्कृष्ट भएकाहरुबाट पालिका तहमा प्रतिस्पर्धा कार्यक्रमा जनप्रतिनिधि राजनितिक दलका प्रमुख एवं प्रतिनिधि सहित पालिका भित्रका कर्मचारी संघ सस्था सरोकारवाला र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।कार्यक्रमको निर्णायक मण्डलको नेतृत्व भैरव माविका शिक्षक खिमानन्द पोखरेल र राष्ट्रिय लोकदोहरी प्रतिष्ठान पाल्पाका उपाध्यक्ष रुपेश कार्कीले गरेका थिय। कार्यक्रमको संचालन शिक्षा साखा प्रमुख निसा पाण्डेले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहरा स्वास्थ्य चौकीमा अबदेखि थाइराइड तथा अन्य हर्मोनल जाँच हुने

  रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकीमा अबदेखि थाइराइड तथा अन्य हर्मोनल जाँच गर्न सकिने टि.एफ.टि. (Thyroid Function Test) मेसिनबाट सेवा सुरु भएको छ ।

SITENAME

संस्कृति संरक्षणमा चासो दिदै राजन थापाको पाल्पाको दिग पन्चेबाजा बजारमा

भुवन रायमाझी अत्यन्तै सुमधुर स्वरका धनी राजन थापाले रैनादेवी छहराको संस्कृति संरक्षणमा चासो दिदै आफ्नो दोस्रो एल्बम पाल्पाको दिग पन्चेबाजा

↑