रैनादेवी छहरा ८ सत्यवतीमा गाजा सहित दुई युवा स्थानीय क्लव द्धारा नियन्त्रणमा

पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा रहेको स्थानीय युवा क्लव न्युसेभेन स्टार युवा क्लवले गाजा र अन्य लागु औषध सहित दुई जना अपरिचित युवालाई नियन्त्रणमा लिएका छन ।सामाजिक क्षेत्रमा निकै सकृय रुपमा काम गरेको स्थानीय युवा क्लवका सदस्यहरुको टोलीले गाजा लिएर कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध र गाजा सहित सत्यवतीको बुडीदमार गाउँबाट अपरिचित युवालाई नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाउने तयारी गरेको रैनादेवी छहरा ८ सत्यवतीका का एक युवा द्धारा रेडियो मुक्तिनाथलाई जानकारी दिए
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि स्थानीय युवा क्लवले नियन्त्रण गरेर सम्बन्धीत स्थानमा पठाउने तयारी गरेका छन । रुपन्देही संग नजिक रहेको बुढिदमार आसपासमा पछिल्लो समय यस्ता अपरिचित युवाहरुले लागुऔषध कारोबारी गर्ने गरेको पाइएको छ । पछिल्लो समय ग्रामीण भेगहरुमा यस्ता अपरिचित ब्याक्तीहरु मार्फत चोरीका घटना समेत बढ्न थालेको स्थानीयहरुले जनाएका छन ।
सत्यवतीका जागुरुक युवाहरु गाउँमा खटाएर शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको न्यु सेभेन स्टार युवाका एक सदस्यले जानकारी दिए।अहिले नियन्त्रणमा रहेका दुई युवाहरुको नाम ठेगना खुल्न सकेको छैन।

रैनादेवी छहरामा ५६ वटा विद्यालयका ५ हजार बढी विद्यार्थी शिक्षक तथा अभिभावको मुटु परीक्षण गरियो
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले नागरिक तथा बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै सञ्चालन गरेको साताव्यापी निःशुल्क

भुवनपोखरीमा पराल बोकेको ट्याक्टर दुर्घटना ,एक जनाको मृत्युु
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा ३ भुवनपोखरीमा पराल बोकेको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।भुवनपोखरीको दमारखोला बाट पराल

बुटवलको होराइजनचोकमा एकै परिवारका तीन जनाको हत्या
रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् ।बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७






प्रतिकृया दिनुहोस